प्रतिष्ठानका कर्मचारीहरूद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई आर्थिक सहयोग

अनलाइन राप्ती | 6:48 PM


दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरूले सिन्धुपाल्चोकका बाढी पीडितहरूको लागि आर्थिक सहयोग गरेका छन । सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा प्रतिष्ठानको बिभिन्न पदमा कार्यरत चारजना अधिकृत कर्मचारीहरूले व्यक्तिगत रुपमा पैसा उठाइ नगद २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । सोमबार प्रधानमन्त्री दैविक उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको हो । आफ्नो खाजा खर्च कटाइ बचेको रकम बाढी प्रभावितलाई सहयोग गरिएको प्रतिष्ठानका फाइनान्स म्यानेजर कैलाशप्रसाद देबले जानकारी दिए । देवसहित शाखा अधिकृतहरू रमिता गौतम, श्रीराम चौधरी र आईटी अधिकृत हिरालाल भण्डारीले मासिक रुपमा ५ सय रुपैयाँ उठाएर संकलन भएको रकम बाढी प्रभावितलाई सहयोग गरेका हुन।

आफूहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिब, दुःखीलाई सानो रकम भएपनि आर्थिक सहयोग गर्न पाउँदा निकै खुसी लागेको शाखा अधिकृत रमिताले गौतमले बताए । सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यले प्रतिष्ठानमा कार्यरत कर्मचारीबाट बनाइएको ४ जनाको समुहको तर्फबाट संकलित रकम बाढी पीडितलाई सहयोग गरिएको भन्दै विपत्तिमा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने सन्देश दिन सफल भएको आईटी अधिकृत भण्डारीले बताए। प्रतिष्ठानका कामु रजिस्ट्रार भएर काम गरिसक्नु भएका फाइनान्स म्यानेजर कैलाशप्रसाद देबको अध्यक्षतामा बसेको सो समुहको बैठकले बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्