शान्तिनगर दलित सहयोग समाजले अति विपन्न परिवारहरूलाई राहत वितरण गर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २६ गते बुधवार

दाङ :  शान्तिनगर दलित सहयोग समाजले वडाका विभिन्न अति विपन्न परिवारहरूलाई राहत वितरण गर्दै आइरहेको छ । समाजले बुधवार वडा नं. ५ र ७ अति विपन्न ७ घर परिवारलाई राहत वितरण गरेको छ । दोस्रो लहरको कोरोना महामारीका कारण गत बैशाख १७ गतेदेखि लकडाउन भएपछि गाउँपालिकाका अति विपन्न दलित तथा गैर दलित अशक्त परिवारहरू साँझ बिहानको छाक टार्न समेत समस्यामा परेपछि उनीहरूलाई राहत दिदै आएको अभियानका अभियन्ता मान बहादुर परियारले  बताए । उनका अनुसार हाल सम्म गाउँपालिकाका विभिन्न वडाका अति विपन्न धेरै समस्यामा परेका ५० भन्दा बढि घरपरिवारलाई चामल, दाल, नुन, तेल वितरण  गरिएको छ । राधिका परियार, सन्तोष विश्वकर्मा लगायतका साथीहरू सक्रियतामा यो अभियान सञ्चालन भइरहेको समेत उनले बताए ।  त्यस्तै आफूहरूको अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरूबाट समेत सहयोग भइरहेको समेत उनले बताए ।

त्यस्तै शान्तिनगर ४ घर भइ हाल कतारमा रहेका मोहन विकले समेत आफूहरूको अभियानमा धेरै साथ र सहयोग गर्दै आइरहेको समेत उनले बताए । त्यस्तै आफूहरूको यो अभियान निरन्तर चलिरहने भएकाले अभियानमा साथ सहयोग गर्न समेत उनले सबैलाई आग्रह गरेका छन् । आफूहरूले आर्थिक तथा भौतिक रूपले एकदमै विपन्न परिवारहरूलाई मात्र राहत दिने गरेको समेत परियारले बताए । यो आफूहरूको अभियान कुनै राजनीतिक पार्टीको नभइ मानवताको हिसाबले यो महामारीमा साथ र सहयोग गरेको समेत उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार