हेमन्त वली ,
दाङ : नेपाल कम्युनिस्ट पार्टीको दशौँ केन्द्रिय समिति बैठक पछिको दाङको ऐतिहासिक प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षता एवम् पार्टी केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतल, सीसीएम सविन, विशेष कमिटी सेक्रेटरी सुन्दर, सदस्यद्वय सम्झना र बिक्रमको विशेष उपस्थिति, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन, अतिथी तिलक पुनको आतिथ्यमा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला सेक्रेटरी प्रदिप द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा उपस्थित द्वय सीसीएम कमरेडहरूले दशौँ केन्द्रीय समितिले गरेका निर्णयहरु, वर्तमान राजनैतिक अवस्था, पार्टीको भूमिका लगायतका विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । बैठकले सबै राजनीतिक पार्टी, देशभक्त,क्रान्तिकारी,प्रगतिशिल बुद्धिजीवी, व्यवसायी,पत्रकार लगायत आम जनतासँग वर्तमान अवस्था, राजनितिकर्मी निकासको निमित्त भेटघाट, गोष्ठी,अन्तर्क्रीया,छलफल गरी प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादको पक्षमा राजनैतिक वातावरण तयार गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रघाती सम्झौता एमसीसीको विरुद्धमा एकल, सामूहिक रुपमा सम्झौताको खारेजी कार्यक्रम गर्ने, एनसेल कर छली, भ्रष्टाचार एवम् विभेद महिला तथा बालकालिका माथि हुने हिंसा, अखाद्य वस्तुको बिक्री वितरण,लागुऔषधको नियन्त्रण, मिटर व्याज विरुद्ध लगायतका कार्यक्रमहरू शसक्त ढंगले सञ्चालन गर्ने, मापदण्ड विपरित खोलाहरूबाट ढुङ्गा,गिट्टी ,बालुवा निकासी र उत्खननको घोर भत्सर्ना गर्दै तत्काल बन्द गर्ने, चुरे उत्खनन र निकासी गर्न सरकारले गरेको निर्णय तत्काल फिर्ता लिई सो कार्य बन्द गर्न अनुरोध गर्ने, वातावरणीय रुपमा असर र प्रभाव पर्ने गरि खोलिएका वा सञ्चालन गरिएका सबै उद्योग, कलकारखाना बन्द गर्न अनुरोध गरि तत्काल बन्द गर्ने, दाइजो प्रथाको विरुद्धमा व्यापक सचेतना फैलाउने, विकास निर्माण गर्ने क्रममा देखिएको सामाजिक भ्रष्टाचार एवम् विकृत विसंगति रोक्ने, सामाजिक सत्ताका सबै क्षेत्रमा पार्टीले भूमिका बढाउन पहल गर्ने, सामाजिक काम र उत्पादनका कामहरूलाई निरन्तरता दिई परिणाम र आत्मनिर्भरमुखी बनाउने, किसान लाई सर्वसुलभ मल बिउ उपलब्ध गराउन जोडदार माग गर्दै यो भित्र हुने कालो बजारी अन्त्य गर्ने, कोभिड–१९ संक्रमित बिरामीलाई व्यवस्थित उपचार, पिसिआर निशुल्क परिक्षण र कोभिड भ्याक्सिन सबै नागरिकलाइ लगाउनको लागि सरकार सँग जोडदार माग गर्ने जस्ता महत्वपूर्ण निर्णय गरिएको जिल्ला सेक्रेटरी हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै बैठकले उपमहानगर,नगर र गाउपालिका इन्चार्जहरु तोकेको छ । जसअन्तर्गत ववई गाउपालिकामा प्रतिरोध, शान्तिनगर,दंगिशरण गाउपालिकामा निर्मल, तुलसीपुर उपमहानगरपालिकामा बिकाश, घोराही उपमहानगरपालिकामा .तिलक ,लमही नगरपालिकामा –जनक ,राप्ती गाउपालिकामा .हेमन्त , गढवा,राजपुर गाउपालिकामा सुरज र बंगलाचुली गाउपालिकामा भिमलाई तोकिएको छ । यस्तै बैठकले वार्ड इन्चार्जहरुमा जिल्ला सदस्यहरुको कार्यबिभाजन गरेको छ भने जिल्लाको ऐतिहासिक प्रथम पूर्ण बैठकले ५९ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ। बैठकले दाङ बाट सरुवा भयर बर्दिया जान लागेका पुर्व जिल्ला सेक्रेटरी गणेश थारु, प्रकाशन बिभाग रातोखबरमा जानकी दहित र बाके जिल्लामा प्रीतिमा चौधरी लाई बिदाइ गरिएको सेक्रेटरी प्रदिपले बताए ।