दाङमा चोरी मुद्दाका फरार १८ वर्षपछि र वन मुद्दाका फरार ४ वर्षपछि पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २५ गते मङ्गलवार

दाङ :  दाङमा प्रहरीले चोरी मुद्दामा फरार एक युवकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १५ निवासी ३६ वर्षीय सुबि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २०६१ साल वैशाख ७ गते चोरी मुद्दामा फरार चौधरीलाई मंगलबार दिउँसो ४ बजे घोराही १५ ट्राफिक चोकमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको र आज नै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनलाई अदालतले ५ हजार ५ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यस्तै प्रहरीले अर्का वन मुद्दामा फरार ब्यक्तिलाई ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही २ निमुरिया निवासी ५३ वर्षीय रिसमान चौधरीलाई रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतले २०७४ चैत १४ गते १ लाख ३८ हजार ९ सय १७ रुपैयाँ ३७ पैसा जरिवाना तोकेको थियो । वन मुद्दामा फरार रहेका चौधरीलाई खोजतलास गर्ने क्रममा मंगलबार बेलुका करिब ५ बजे निमुरियामै लुकिछिपी बसेको अवस्थामा फेला पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए । उनलाई पनि आज नै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार