काठमाडौ : फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा अहिले नेपाल र जोर्डनबीच प्रतिस्पर्धा भइरहेको छ। कुवेत सिटीमा भइरहेको खेलको पहिलो हाफ सकिदा जोर्डनले नेपालविरुद्ध १-० गोलको अग्रता लिएको छ। जोर्डनले खेलको २३ मिनेटमा पेनाल्टीबाट अग्रता लियो। जोर्डनका लागि फैसलले गोल गरे। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएका थिए। त्यस्तै खेलको २२ औ मिनेटमा नेपालका सन्तोष तामाङले खेलको पहिलो पहेलो कार्ड प्राप्त गरे । नेपाल माथि हावी भएको जोर्डनले अधिकांश समय बल पोजेसन आफ्नो पक्षमा पारेको थियो
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस