शरद रेग्मी,
बुटवल : उद्योगी ,व्यवसायीहरूले तत्काल खोपको ब्यवस्था गर्न तुलसीपुर उवासङ्घले माग गरेको छ । कोरोना महामारीमा अति आवश्यक सेवाहरू प्रवाह गरिरहेका ब्यक्तिहरूलाई खोप लगाउन सरकारले ढिलाई गरिरहेको भन्दै वाणिज्य सङ्घले प्रदेश रकारको ध्यानाकर्षण गराएको प्रेस सल्लाहकार शरद रेग्मीले बताए । सोमबार सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाइमा बुटवल पुगेको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल समक्ष कोभिड महामारीमा अग्रगतिमा अति आवश्यक सेवा प्रवाह गरिरहेका उद्योगी, व्यवसायी र आम सर्वसाधारणहरूमा तत्काल कोरोना भाइरस विरुद्धको खोप लगाउने ब्यवस्था मिलाउन आग्रह गरेका हुन । साथै सङ्घले मुख्यमन्त्री समक्ष तुलसीपुर लगायत पश्चिम दाङको आर्थिक समृद्धि र विकासका मागहरू सहितको अनुरोधपत्र समेत पेश गरेको छ । सो अवसरमा मुख्यमन्त्री शंकर पोख्रेलले आफू जिल्लाको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताए ।
भौतिक विकास र बिस्तारमा स्थानीय सरकार र निजीक्षेत्रको सुझाबमा आफू बजेट बिनियोजन गर्न तयार रहेको बताए । जग्गाको स्वामित्व ग्रहण गरेको खण्डमा आफू तुलसीपुरका लागि सभाहलमा बजेट बिनियोजन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले नारायणपुरमा एयरपोर्ट सञ्चालन गर्नका लागि सबै पार्टीको साझा एजेण्डा बन्नु पर्नेमा जोड दिनु पर्ने बताए । उनले तुलसीपुरमा इन्धन डिपो स्थापनाका लागि काम सुरु भैसकेको हुदा तत्कालका लागि साना जहाजहरू नियमितरूपमा सञ्चालन गर्न आफूले अन्य एयरलाइन्सहरूलाई समेत आग्रह गर्ने बताए । सो अवसरमा सङ्घका महासचिव विनिल केसी, कोषाध्यक्ष देब बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।