काठमाडौं : फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको टिममा खेलेका तीन खेलाडी परिवर्तन गरेको छ। खेलका लागि डिफेन्डर विकास खवास र दिनेश राजवंशी टिममा छन्। यस्तै फरवार्डमा अभिषेक रिजाल पनि पहिलो रोजाइमा अटाएका छन्। सुमन अर्याल मिडफिल्डमा तानिएका छन्। अघिल्लो खेलमा पहिलो रोजाइमा रहेका डिफेन्डर गौतम श्रेष्ठसहित सुनील बल र आशिष लामा बैकल्पिक खेलाडीमा छन्। खेल ९:४५ मा सुरु हुनेछ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस