दाङ : शान्तिनगर २ मा रहेको सकृय जनचेतना युवा क्लबले ५ सय पिस माक्स वितरण गरेको छ । क्लबले आइतबार वडा नं २ को कार्यालयमा वडाले मकैमा छर्ने दिएको औषधि लिन आएका नागरिक तथा अन्य पैदल हिड्नेहरूलाई कोरोनाको बारेमा जानकारी गराउँदै माक्स वितरण गरेको हो । वडा कार्यालयमा औषधि लिनेको लागि नागरिकहरू आएपछि कतिपयले मास्क लगाएका र कतिपय नलगाएको देखेपछि कोरोनाको बोरमा जानकारी दिदैँ मास्क वितरण गरेको क्लबका संयोजक सुनिल वलीले जानकारी दिए । दोस्रो चरणको कोरोना लहरसँगै आफूहरूको कोरोना सङ्क्रमणका बारेमा विभिन्न जनचेतना मूलक काम गर्दै आइरहेको समेत उनले बताए ।
त्यस्तै आफूहरूले फुड बैंक स्थापना गरि लकडाउनका कारण समस्यामा परेका वडाका अतिविपन्न ३३ घरपरिवारलाई राहत दिएको समेत संयोजक वलीले बताए । त्यस्तै अब दोस्रो चरणको राहत वितरणको लागि तथ्यांक संकलन कार्य भै रहेको समेत अभियानका आर्थिक संयोजक मनोज शर्माले बताए । उनका अनुसार आफूहरूको अभियानमा विभिन्न व्यक्तिहरूले सहयोग गरेका र अझै पनि आफूहरूले सहयोगको अपेक्षा गरेको समेत बताए । उनले यो विपद्को समयमा हामी सबैले एक अर्कालाई साथ र सहयोग गर्नु पर्ने भन्दै आफूहरू यो अभियान शुरु गरिरहेको समेत बताए ।