दाङ : दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालन सहित ६ जना ब्यक्तिलाई नगद करिब डेढ लाख रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधीर न्यौपाने सोही ठाउँका ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भीम खत्री , २४ वर्षीय होमराज रोका र होटल सञ्चालक २९ वर्षीय दीपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिबार साँझ करिब ६ बजेतिर घोराही १५ स्थित गौरिदिप होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरूको साथबाट १ लाख ३९ हजार नगद, जुवा खेल्न प्रयोग भएको १ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।