कृष्ण अधिकारी
दाङ : निर्णय उपचार तथा पुनर्स्थापना केन्द्रले नयाँ जीवन दिन शुरु गरेको छ । यसको स्थापना २०६७ सालमा ललितपुरमा दर्ता भएको यस यस संस्थाले ललितपुरको लामाटारमा, नवलपरासी र दाङमा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आइरहेकोमा हाल सम्म ७०० जना भन्दा बढि लागू पदार्थ प्रयोगकर्ताहरूलाई सफल उपचार गरी पुनर्स्थापन गरी उनीहरूको जीवनस्तर उकास्न र समाजमा उत्पादक सदस्य बनाउन अहम् भूमिका निर्वाह गर्दै आइरहेका संस्थाले जनाएको छ । लागू पदार्थ प्रयोगकर्ताहरूलाई फेरी समाजमा पुर्नस्थापित गर्नको लागि आध्यात्मिक जागरण कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको र साथै उपचारको क्रममा रक्त परिक्षण द्धारा एच।आई।भी। संक्रमण देखिएको खण्डमा संक्रमित व्यक्तिहरूलाई उचित सल्लाह, सुझाव, परामर्श, उपचार तथा सम्बन्धित निकायमा प्रेषण र पुर्नस्थापनाको समेत गर्दै आइरहेको संस्थाका अध्यक्ष विशाल गिरीले जानकारी दिए । साथै यस संस्थाले अति गरिब विपन्न वर्गका लागू औषध तथा मादक पदार्थ प्रयोगकर्ताहरू लाई निशुल्क उपचार सेवा पनि दिदै आएको समेत उनले जानकारी दिए । यस संस्थाले नेपाल सरकारसँग पनि साझेदारी गरी दाङ जिल्लामा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस संस्थाको प्रमुख उद्देश्य भनेको लागूपदार्थ प्रयोगकर्ताहरूका लागि उपचारको वातावरण सिर्जना गरी उनीहरूलाई पुनर्स्थापनाको बाटोमा ल्याई विभिन्न सीपमुलक तालिम दिई युवा स्वरोजगार तर्फ उन्मुख गर्ने वातावरण सिर्जना गर्ने यसका साथै लागू औषध दुर्व्यसन विरुद्ध स्कुल, कलेज, समाजमा विभिन्न किसिमका सचेतना कार्यक्रमहरू सञ्चालन गरी लागू औषध दुर्व्यसनका बारे सचेत गराई लागू औषध मुक्त घर,समाज अनि राष्ट्रको निर्माण गरी नेपाल सरकारको घोषण गरेको लागू औषध न्यूनिकरण अभियानमा सघाउने गरेको छ । दाङमा भने यो संस्था घोराही १५ रतनपुर रहेको छ । साथै यस संस्थाले उपचार मात्र नभइ कृषि सम्बन्ध तालिम दिई कुखुरापालन, बाख्रापालन तरकारी खेती तर्फ उन्मुख गराई रोजगारी प्रदान गर्नुका का साथै उनीहरूको व्यक्तित्व विकासका एवम् खेलकुद विकास गर्दै आइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।