विप्लव निकट नेकपाद्वारा ४ दिन मै कोरोना अस्पताल प्रतीक्षालय निर्माण

Author Logo..
हेमन्त वली २०७८ जेष्ठ २२ गते शनिवार

दाङ :  विप्लव निकट नेकपा दाङले ४ दिन मै कोरोना अस्पताल बेलझुण्डी दाङमा प्रतीक्षालय निर्माण सम्पन्न गरेको छ । पार्टीले शनिवार उक्त प्रतीक्षालय अस्पताललाई हस्तान्तरण गरेको छ ।  अस्पतालमा भर्ना भएका कोरोना संक्रमितका कुरुवाहरूलाई बस्नको लागि सहज होस् भनेर नै प्रतीक्षालय निर्माण गरिदिएको पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इञ्र्जाज शितलले बताए ।  उक्त प्रतीक्षालय जिल्ला इन्चार्ज शितलले हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले प्रतीक्षालयको संरक्षणमा जोड दिन अपिल गरे । उनले कोभिडको विषम परिस्थितिमा प्रतीक्षालयले बिरामी कुरुवाका लागि राहत प्रदान गर्ने समेत बताए  ।  कोभिडका कारण हजारौँ नागरिकहरूले ज्यान गुमाउँदा समेत राज्य दैनिकजसो सत्ता जोगाउन मै केन्द्रित रहेको उनको ठहर छ । उनले संसदीय व्यवस्थाका मतियारहरूलाई जनताप्रति घात, अन्तरघात,राष्ट्रघात जनताको मतको अपमान र दुरुपयोग गरेको समेत आरोप लगाए ।

उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु नै सबैखाले सङ्कटको समाधान हुने बताए । कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण बहादुर वलीले प्रतीक्षालय निर्माण कार्यले पार्टी जनताप्रती उत्तरदायी पार्टी भएको बताए । उनले निर्धारित समयभन्दा पहिलेनै निर्माण कार्य सम्पन्न भएको भन्दै प्रशंसा पनि गरे । कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले कोभिड अस्पताललाई आबस्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेकोमा धन्यवाद दिए ।  प्रतीक्षालय निर्माणमा नेकपाका नेता–कार्यकर्ताहरुले श्रमदान गरेका थिए । करिब एक लाख ३० हजार लागतमा उक्त प्रतिक्षालय निर्माण भएको हो । नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने सहजीकरण पार्टीका जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार