काठमाडौं : आज जून ५ तारिख विश्व वातावरण दिवस । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९ सय ७४ देखि प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाइदै छ । वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनु भएको छ । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास राष्ट्रपति भण्डारीको विश्वास छ ।