दाङ : दाङमा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ भकारे निवासी ८४ वर्षीय रामु केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केसीलाई प्रहरीले बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको जनाएको छ । उनलाई अदालतले २०७६ मंसिर २६ गते जबरजस्ती मुद्दामा दोषी ठहर गदै ७ वर्ष ५ महिना ८ दिन कैद २ लाख २५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । फरार हुँदै आएका केसीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ । उनलाई सजाय भुक्तानीका लागी बिहीबार दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।