दाङमा मेरो एक हजार अभियानमा लाखौँ रकम संकलन 

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २० गते बिहिवार

 


दाङ :  कोरोना सङ्क्रमितका लागि अक्सिजनको अभाव भएपछि जिल्लामा नागरिक स्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । जिल्लामा बैशाख महिना देखि  जेठको पहिलो हप्ता सम्म जिल्लामा अक्सिजनको एकदमै अभाव रहेको थियो । जिल्लामा भएको कोरोना अस्पतालले पनि अक्सिजन अभावका कारण सङ्क्रमतिलाई भर्ना नलिएको अवस्था  थियो, भने अस्पतालमा भएका सङ्क्रमितहरु पनि अक्सिजन नपाएरै ज्यान गुमाएका थिए । त्यसै अवस्थालाई मध्यनजर गरि जिल्लामा अक्सिजनको लागि मेरो एक हजार अभियान शुरु गरिएको थियो । अहिले पनि उक्त अभियान निरन्तर चलिरहेको छ । घोराहीमा  दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको थियो, भने तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघले गरेको छ  । जिल्लाका १० पालिकाहरू मध्य कुनैले आइसोलेसन सेन्टर सञ्चालन गरेका छन्, भने कुनैले २० देखि ५० बेड सम्मको  अक्सिजन सहितको कोरोना अस्पताल सञ्चालन गरेका छन् । जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रुपैयाँ अभियान हाल सम्म १० लाख बढि रकम देश तथा विदेशमा रहेका नेपालीहरूबाट संकलन भएको अभियानका संयोजक एवं संघका निर्वतमान अध्यक्ष नारायण भुसालले बताए । उनका अनुसार संकलन भएको रकमबाट एक हजार ३७ वटा अक्सिजन सिलिन्डर रिफिल गरेर ल्याइएको छ ।   उक्त अभियानले अक्सिजन सिलिन्डर रिफल गर्नमा आफूहरुलाई धेरै सहज भएको समेत उनले बताए । उनले भने,‘ जुन समयमा दाङमा अक्सिजनको अभाव धेरै भएको थियो । त्यस बेला हामीले रात दिन नभनी अक्सिजनको ब्यवस्था गरेका थियौँ ।

त्यो पनि हामीले चलाएको अभियानले हामीलाई धेरै सहज भयो ।’ आफूहरुले मुख्यत कोरोना विशेष अस्पताल र घोराहीमा रहेको प्रतिष्ठानलाई मात्र प्राथामिकतामा राखेर अक्सिजनहरु सहयोग गरेको उनको भनाइ छ । उनका अनुसार आपूmहरुलाई अक्सिजन अभावको समयमा पोखरा, इटहरी, नेपालगञ्जका सङ्घबाट र स्थानीय प्रशासनबाट धेरै सहयोग भएको थियो ।  ‘ शुरुमा हामीलाई एक हजार अभियानलाई के नामाकरण गर्ने भन्ने भइरहेको थियो,‘ उनले भने,‘ तर, त्यो समयमा जिल्लामा अक्सिजनको अत्यन्त माग भइरहेको अवस्थामा अक्सिजन बैंक राखेर शुरु गरेका हौँ । अहिले पनि हामीलाई सहयोग आइरहेको छ । त्यो सहयोग अन्य स्वास्थ्य सामाग्रीमा नभइ अक्सिजनमा मात्र हुने छ ।’ अन्तिम तिर अस्पतालले अक्सिजन अभावका कारण थप सङ्क्रमित भर्ना गर्न नसकिने बताउन थालेपछि र पालिकाहरूमा स्थापना भएका आइसोलेसन सेन्टरमा अक्सिजन अभावकै कारण सञ्चालन गर्न गाह्रो भएपछि नागरिकले स्वतःस्फूर्त रुपमा रकम संकलन गरि अक्सिजन आपूर्ति गर्दै आइरहेका छन् ।   त्यस्तै तुलसीपुरमा पनि सञ्चालन गरेको मेरो एक हजार अभियानका अभियन्ता पदम पोख्रेलले  बताए । उक्त रकम मेट्रो अस्पताललाई हस्तान्तरण समेत उनले बताए ।  अभियानमा तुलसीपुर लगायत विदेशमा रहेका नागरिकहरूले स्वतःस्फूर्त रुपमा सहयोग गरेको उनले बताए ।

यता अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष   विमल रिजलाले बताए । उनका अनुसार कोरोना विरामीहरुलाई अक्सिजनको कमि हुन नदिनको लागि  यो अभियान शुरु गरिएको हो । उनले भने,‘ हाम्रो अभियानको मुख्य लक्ष्य भनेको  यो कोरोना महामारीका प्रत्येक ब्यक्तिले  एउटा   अक्सिजन  सिलिन्डरको लागि सहयोग गरौँ भन्ने नै हो । हाम्रो अभियानमा सबै ठाउँबाट सहयोग भइरहेको छ ।’ त्यस्तै उनले अपेक्षा गरेको अनुसार अभियानमा रकम संकलन नभएको समेत बताए । साथै, उनले यो कोरोना महामारी छिट्टै अन्त्य हुने अवस्था नरहेकाले आफूहरुले अब अक्सिजन सिलिन्डर खरिद भन्दा पनि तुलसीपुरमा अक्सिजन प्लान्ट नै स्थापना गर्ने योजनामा रहेको समेत बताए । अहिले तुलसीपुरमा नेपालगञ्ज, चितवन र दाङको घोराहीबाट अक्सिजन सिलिन्डरहरु रिफिल गरेर ल्याउने गरेको समेत उनले बताए । यता प्रमुख जिल्ला अधिकारी  दीर्घनारायण पौडलले घोराहीमा उद्योग वाणिज्य संघर अन्य संस्थाहरु मिलेर अक्सिजन ल्याइरहेको बताए । त्यस्तै अक्सिजन वितरण गर्दा पहिलो प्राथामिकतामा  कोरोना विशेष अस्पताल बेलझुण्डी, दोस्रोमा प्रतिष्ठान र तेस्रोमा लमहीमा रहेको कोरोना अस्पताललाई दिएको समेत उनले बताए । त्यस्तै अन्य नीजि अस्पतालल र ब्यक्ति विशेषलाई आवश्यकता अनुसार दिने गरेको समेत उनले बताए ।  अहिले जिल्लामा दैनिक ३ सयको अक्सिजन सिलिन्डरहरु खपत भइरहेको र अहिले ति ३ वटा अस्पतालमा अक्सिजनको कमि हुन नदिएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार