समाजको स्थापना दिवसमा ४ विविध कार्यक्रम

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १९ गते बुधवार


सुशील बस्नेत
दाङ :  मानव अधिकार तथा शान्ति समाजको २६ औ स्थापना दिवसको अवसरमा बुधबार ४ वटा बिबिध कार्यक्रम गरिएका छ्न । २०५३ जेठ १९ गतेका दिन स्थापना गरिएको हो । स्थापना दिवसको सन्दर्भमा शान्ति समाज दाङले मेट्रो हस्पिटल तुलसीपुरमा एकहजार लिटरको ट्याङ्की उपलब्ध गराएको छ । उक्त ट्याङ्की तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई शान्ति समाज दाङ शाखाका सभापति तुलसीपुर राम सुनार, केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिब निर्मल नेपाली , शाखा सचिब निर्मला डिसी लगायतले हस्तान्तरण गरेका थिए । हस्पिटलमा आउने हरेक ब्यक्तिले उक्त ट्याङ्कीको पानी र साबुनले हात धुने छ्न र कोरोना संक्रमण बाट सुरक्षित हुन मद्दत गर्ने अपेक्षा नगरप्रमुख पाण्डेले गरे । स्थापना दिवसको अवसरमा शान्ति समाज दाङले कोरोना बिशेष अस्पताल बेल्झुण्डी दाङमा दुईवटा त्रिपाल उपलब्ध गराएको छ । अस्पतालका प्रमुख डां बनोद सिंह र ब्यबस्थापन समितिका सदस्य दोर्ण बहादुर वलीलाई शान्ति समाज दाङका सभापति तुलसीराम सुनार,केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिव निर्मल नेपाली, सहसचिव उषा गौतम र शाखाका पूर्व कोषाध्यक्ष अमृतकाजी शर्माले हस्तान्तरण गरेका थिए ।

उक्त त्रिपाले अस्पतालमा भर्ना भएका कोरोना पीडितका आफन्त, बिरामीलाई भेट गर्न आउनेका लागी घाम पानीलाई छ्ल्न र ओतलाग्न मद्दत गर्ने अस्पतालका ब्यबस्थापन समितिका सदस्य वलीले बताए । स्थापना दिवसको अवसरमा शान्ति समाजले रक्तदान कार्यक्रम गरेको छ । कालीकादेबी रक्त संचार केन्द्र तुलसीपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा १५ जनाले रक्तदान गरेका शान्ति समाज दाङका सदस्य भिमलाल मरासिनीले जानकारी दिए । शान्ति समाज दाङ शाखाले स्थापना दिवसकै अवसरमा महिला सुधार गृह नारायणपुरमा खाजा बितरण गरेको शाखा सहसचिव उषा गौतमले जानकारी दिइन् । शान्ति समाजले जेठ २२ गते वातावरण दिवसका अवसरमा समेत बिबिध कार्यक्रम गरि मनाउने तयारी गरेको कोषाध्यक्ष कोमल डाँगीले जानकारी दिए । मानव अधिकार , शान्ति , लोकतन्त्र र अहिसाका साथै शान्ति समाजले जीवनमुखी, जगतमुखी र सेवामुखी मुलनाराका साथ आफ्ना क्रियाकलाप गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार