परिवर्तनशील साथ अभियानद्वारा १८ घरपरिवारलाई खाद्यान्न सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २६ गते बुधवार


कृष्ण अधिकारी 
दाङ :  दाङ तुलसीपुर उपमहानगरपालिका  ७ मा रहेको परिवर्तनशील साथ नामक अभियानले लकडाउनमा समस्यामा परेका १८ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ। वडा नम्बर ७ अन्तरगत पर्ने ग्वारखोलाका ६, डाबरका ६, राजापुरका ३, डाँडापातुमा १ र कालाखोलाका २ घर परिवारलाई सहयोग स्वरुप चामल, नुन, तेल, दाल, सोयाबिन सहयोग गरेको अभियानका  संयोजक चिरञ्जीवी  रेग्मीले जानकारी दिए ।  लकडाउनका समयमा कोही अप्ठेरोमा परेको भए यस अभियानलाई खबर गर्न समेत उनले आग्रह गरेका छन् । यसअघि अभियानले वडा नम्बर ७ मा रहेको शिवमन्दिर परिसरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम पनि गरेको थियो। गरिब दुखीको सुख बिसाउने चौतारी, समाजका हरेक सरकारी आयोजनाहरूमा खबरदारी भन्ने मूल नारा लिएको अभियानले गतवर्ष बन्दाबन्दी दाङदेखि पर्वतका पहिरो पीडितलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार