नेपालमा ४ हजार ३४४ जना कोरोना संक्रमित पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २६ गते बुधवार

काठमाडौँ :   नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना भाइरस सङ्क्रमणका कारण थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३४४ जना कोरोना संक्रमित पुष्टि भएको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या ८० हजार ३३६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ७४ र एन्टिजेन विधिबाट ४ हजार ५६८ जनाको परीक्षण गर्दा ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार  देशभर ५ हजार ७६८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार