वीरता र बलिदान गरि समाजवाद ल्याए तर कही पनि टिक्न किन सकेन ?

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २४ गते सोमवार

संसारभर कम्युनिष्टहरूले वीरता र बलिदान गरि समाजवाद ल्याए तर कही पनि टिक्न किन सकेन ? नेपालमा पनि आज वैज्ञानिक समाजवादको खाँचो छ, भनी हामीहरूले आवाज उठाइरहेका छौ । हाम्रो पनि हालत संसारको भन्दा भिन्न कुन आधारले रुदैन ? सङ्घीयता, गणतन्त्र र संविधान २-४ वर्षैमा धरापमा परिसक्यो भनेर आन्दोलन गर्ने हामीहरूले झन उन्नत समाजको रक्षा कसरी गर्न सक्छौ । हामीहरूले प्रतिक्रान्ति रोक्ने आधारहरू के के विकास गर्यौ र विगतमा कम्युनिष्टहरूबाट भयको कमजोरीकै पूर्ण संश्लेषण के गरेका छौ ? आज संसारभर सामाजिक आर्थिक आधार निर्माण गरेर उपरीसंरचना परिवर्तन गर्ने कुरा र उपरीसंरचना परिवर्तन गरेर सामाजिक आर्थिक आधार निर्माण गर्ने बिचको द्वन्द्वात्मक सम्बन्धलाई ठीक ढंगले बुझ्न नसक्दा क्रान्ति पछि सबै स्थानहरूमा प्रतिक्रान्ति भयो । आजका हामी नेपाली कम्युनिष्टहरूले समाजवाद प्राप्तीका लागि माथिका विषयहरूमा वस्तुवादी बुझाईका साथ जवाफ दीन सक्नु पर्नेछ । कार्लमार्क्सको मृत्यु पछि विशेषगरी लेनिन र माओले समग्र पक्षको संश्लेषण गरेर जवाफ दिनु र सत्ता प्राप्त गर्नु तर आफ्नै जीवनकालमा आधार र उपरीसंरचना उत्पन्न सङ्कटको वस्तुवादी जवाफ खोज्दा खोज्दै राज्य सत्ता र कम्युनिष्ट पार्टीमा विघटन किन आन्तरिक रूपले पैदा हुँदै गयो ।

आजका हामी मनोगतवादी कम्युनिष्टहरूबाट त्यसको जवाफ सम्भव छैन् । लेनिन र माओले दिन बाँकी जवाफ हामीहरूले दिएर मात्र नेपाली क्रान्तिको कार्यभार वैज्ञानिक समाजवाद प्राप्त गर्न सकिन्छ । समाज विकासको प्रक्रियामा मंचुबंशको अन्त्य शनयात सेनले गरे उनको मृत्यु पछि माओले कोमिन्ताङ र जापानिज साम्राज्यवादलाई परास्त गरी नयाँ जनवाद प्राप्त गर्नु भयो । नेपालमा पनि राणा, पञ्चायत र राजा फाल्ने हामीहरूलाई परास्त गर्दै , अहिले सम्मका उपलब्धीहरूको जगमा टेक्दै सामाजिक आर्थिक आधारमा परिवर्तन सहित उपरीसंरचना स्थापना गर्न सक्यौ भने मात्र समाजवादको सम्भावना हुन्छ । हामीहरूले आफ्नै समीक्षा गर्यौ भने इमान्दारितापूर्वक वैज्ञानिक समाजवादका लागि सामाजिक आधार र उपरीसंरचना लायकका पात्रहरूमा पर्छौ त ? वैदेशिक गुलामी गरेर निजी सम्पत्तिको विस्तार र सुदृढीकरणका पक्षमा उद्धत आर्थिक आधारको जगमा नोकरशाही दलाल पुँजीवादी त्यसमा पनि विकृत संसदीय तानाशाही राजनीति र थाइल्याण्डको कैयौँ ठूला शहरहरूमा सञ्चालित खुलमखुल्ला देहव्यापारको संस्कृति उद्धत चरित्रबाट के हामीहरूले अर्को संघर्ष गरेर ल्याउने समाजवाद यो आधार र उपरीसंरचनाले रक्षा गर्न सक्ला ? हामी नेपालका कम्युनिष्ट भन्नेहरू सबै पार्टी र नेता तथा कार्यकर्ताहरू वैज्ञानिक समाजवादको विषय अलिपरको विषय भयो । समाजवाद उन्मुख आधार र उपरीसंरचना उन्मुख बनेको, बन्ने र बनाउने के कति कार्यदिशा तथा कार्यक्रम तयार बनाएका छौ ।

हामीहरू आफै समाजले विश्वास गर्न कति लायक छौ के मालेमावादमा उल्लेख गरिएको दर्शन भन्दा अरुलाई पर गएको देख्ने , संसदीय र संशोधनवादी भन्नेहरुको आफ्नै सामाजिक आधार र उपरीसंरचना समाजवाद उन्मुख छ त ? आज थोरैको होला तर धेरैको छैन् । त्यसैले जो जतिको छ , हुनेहरु बाटै यो महान् अभियानको कार्यान्वयन हुनसक्छ त्यसैमा हाम्रो विश्वास हो । सही बुझाई र व्यवहारका धनी मानिसहरू नै समाजवादी क्रान्तिका चालक शक्तिहरू हुन् । जनता र कार्यकर्ताहरूले आज खोजीरहेको पार्टी र नेतृत्व त्यही हो त्यो नेतृत्व र पार्टी बनाउनका लागी हामी सबै बन्ने, बनाउने र पुरानोलाई रूपान्तरित हुन पाउने अधिकार सुनिश्चित राखिनु पर्दछ यसैमा हाम्रो भविष्य छ ।नोकरशाही दलाल पुँजीवादी आधार सहितको संसदीय ब्यवस्था र विकृत उपरीसंरचना सुधार गरेर समाजवाद हुदैन त्यो सुधारिएको संसदीय ब्यवस्था र विकृत पूँजीवादी नै हुन्छ । हामी नेपाली जनताहरूलाई राणा, पञ्चे , राजा र आजको विकृत संसदीय व्यवस्थाले जस्तो सुधारबाट चित्त बुझी नरहेको अवस्थामा गुणात्मक सुधार चाहिएको छ । हामीहरू चाहिएको त्यस्तो ब्यवस्था हो । जहाँ मानवले मानव माथि गरिएका सम्पूर्ण शोषण र दमनबाट मुक्त समुन्नत समाज त्यसलाई प्राप्तिका लागि उत्पीडितवर्ग एकताबद्ध भएर अगाडि बढौँ त्यसैमा हाम्रो भविष्य छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार