घोराही उपमहानगरद्धारा ७ जना किसानलाई कृषि यन्त्र प्रदान

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २० गते बिहिवार


दाङ :  घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई विभिन्न कृषि यन्त्रहरू हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ति ६७ जना किसानहरूलाई विभिन्न कृषि यन्त्रहरू हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले किसानहरूलाई बिहीबार ति उपकरणहरू हस्तान्तरण गरेका हुन् । जसमा १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, २ जनालाई रोटा भेटर र एक जनालाई धान काट्ने रिपर मेसिन हस्तान्तरण गरिएको हो ।

उक्त उपकरण खरिदमा उपमहानगरको ४९ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको शाखा प्रमुख खनालले बताए । उपकरणहरू व्यवसायीक रुपमा सञ्चालन भएका फर्म तथा व्यक्तिगत रुपमा कृषि व्यवसाय गर्दै आएका किसानहरू रहेका छन् । उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले यन्त्र उपकरणको सही सदुपयोग गर्दै पेशामा व्यवसायिकरण हुने बताए । कृषि पेशालाई व्यवसायिकरण गर्दै परम्परागत शैलीको खेतीलाई आधुनिक बनाउने स्थानीय सरकारले उद्देश्य रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार