मेट्रो हस्पिटललाई थप व्यवस्थित बनाउन छलफल

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १७ गते सोमवार


दाङ : तुलसीपुर मेट्रो हस्पिटललाई थप व्यवस्थित बनाउनका लागि छलफल भएको छ । उपचार सेवालाई थप प्रभावकारी बनाउनका लागि दक्ष जनशक्ति, अत्याधुनिक ल्यावको व्यवस्थापन र आगामी योजनाका विषयमा छलफल भएको हो । चिकित्सक र स्वास्थ्यकर्मी सहितको सहभागितामा गरिएको छलफलमा कोरोना महामारीका विरुद्ध लड्दा भोग्नु परेको समस्या, चुनौति र यसको समाधानको विषयमा पनि छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा चिकित्सक र स्वास्थ्यकर्मीले आआफ्ना भनाइहरु राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाले भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र अन्तर्गत सञ्चालनमा ल्याएको मेट्रो हस्पिटलमा अहिले ५० बेडको अक्सिजन सहितको कोरोना आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार