एक विद्यालय एक स्वास्थ्यकर्मी

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १५ गते शनिवार

काठमाडौं : सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्दै विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए। सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो। अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार