राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारको दुष्परिणाम हामीले भोगिरहेका छौं : देउवा

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १५ गते शनिवार

 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्वकर्ताको संस्कार र व्यवहारमा निर्भर रहने बताउँदै अहिले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गलत भएकाले देशले दुष्परिणाम भोग्नुपरेको आरोप लगाएका छन्। यस चुनौती पार गरेर अघि बढ्न अपिलसमेत गरेका छन्। ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ। लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नु पर्दछ‚’ देउवाले भनेका छन्‚ ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं।’ सभापति देउवाले कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेला सरकार जनताको जीवनप्रति उदासिन र संवेदनहीन देखिएको आरोप लगाएका छन्। यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न उनले आग्रह गरेका छन्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार