स्वास्थ्यकर्मी कुट्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १४ गते शुक्रवार

बाँके : भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ। कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका एसपी ओम राणाले जानकारी दिए। उनीहरुले बिहीबार राति भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए। कोभिड आइसियूमा प्रवेश गरी उनीहरुले चिकित्सक र नर्सलाई लखेटी लखेटी आक्रमण गरेका थिए।   त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एक तला माथिबाट हामफालेर ज्यान जोगाएका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार