स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका जिल्ला अधिकारीलाई गृह मन्त्रालयद्धारा निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १४ गते शुक्रवार

काठमाडौँ :  गृह मन्त्रालयले स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेको छ ।शुक्रबार गृहले एक विज्ञप्ति जारी गर्दे महामारीको विषम परिस्थितिमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले सुरक्षामा जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।स्वास्थ्यकर्मीमाथि भएको कुटपटि र अस्पताल तोडफोड गर्ने कार्य गैरकानुनी भएकाले संलग्नमाथि तत्काल कानुनी कारबाही गन जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको हो ।‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो मन्त्रालयले जनाएको छ । बिहीबार राति भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार