शान्तिनगरमा बिहीबार १४ जना डिस्चार्ज, ६ जना थपिए

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १३ गते बिहिवार

दाङ : शान्तिनगर गाउँपालिका बिहीबार १४ जना कोरोना संक्रमितहरुले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने थप ६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो समयमा गाउँपालिकामा कोरोना संक्रमणदर घट्दो क्रममा रहेको समेत गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए । बिहीबार धनौरी स्वास्थ्य चौकीमा ८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ जना मात्र कोरोना पुष्टि भएको उनले जानकारी दिए । नयाँ थप संक्रमित मध्य ५ जनाको पिसिआर परीक्षण गर्दा र १ जनाको एन्टिजेन गर्दा कोरोना पुष्टि भएको हो । त्यस्तै गाउँपालिकामा हाल ३७ जना सक्रिय संक्रमितहरु रहेका छन्, भने ४ जना होम आइसोलेशनमा रहेका छन् । त्यस्तै गाउँपलिकामा कुनै ब्यक्तिलाई कोरोना रोगको शंका लागेमा धनौरी स्वास्थ्य चौकीमा सम्पर्क गरि कोरोना रोगको परीक्षण गर्न समेत अनुरोध गरेका छन् । साथ गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सकसंग सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार