तुलसीपुरमा अब ८९९ जना सक्रिय संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १३ गते बिहिवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकामा दोस्रो चरणको कोरोना महामारी शुरु भएसंगै बैशाख यता २ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य १९ सय ८७ जनाले कोरोना जितेको उपमहानगरले जनाएको छ । त्यस्तै अहिले उपमहानगरपालिकामा ८९९ जना सक्रिय संक्रमितहरु रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । केसीका अनुसार उपमहानगरपालिकामा बैशाखयता कोरोना संक्रमणका कारण ४३ जना पुरुष र २२ जना महिलाको मृत्यु भएको छ । त्यस्तै हाल तुलसीपुर ८ अश्वारामा रहेको कोरोना आइसोलेशन अस्पतालमा २४ जना संक्रमितहरुको उपचार भइरहेको केसीले जानकारी दिए । यसैगरी हाल सम्म अस्पतालमा ११२ जना संक्रमितहरु भर्ना भएको र ति मध्य ५३ जना निको भएर डिस्चार्ज भएका र ३० जनालाई थप उपचारका लागि रिफर गरिएको समेत उनले जानकारी दिए । त्यस्तै अस्पतालमा हाल सम्म ५ जना ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको समेत फोकल पर्सन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार