काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ११ गते मङ्गलवार

काठमाडौं  :  काठमाडौं उपत्यकामा पुन: एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । जेठ २० गतेसम्म थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय गरिएको छ । सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् । निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गरिएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार