शान्तिनगरमा मंगलबार थप ९ जना थपिए , ७ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ११ गते मङ्गलवार

दाङ :  शान्तिनगर गाउँपालिकामा मंगलबार थप ९ जना संक्रमित थपिएका छन्, भने थप ७ जना डिस्चार्ज भएका छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनका अनुसार नयाँ थपिएका मध्य ४ जनाको पिसिआर परीक्षण गर्दा र १२ जनाको धनौरी स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै हाल गाउँपालिकामा ४७ जना सक्रिय संक्रमितहरु रहेका छन् । मंगलवार थप २ आइसोलेशनमा भर्ना भएका छन् । साथै गाउँपालिकामा कुनै ब्यक्तिलाई कोरोना रोगको शंका लागेमा धनौरी स्वास्थ्य चौकीमा सम्पर्क गरि कोरोना रोगको परिक्षण गर्न समेथत संयोजक पुनले आग्रह गरेका छन् । त्यस्तै गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूलाई कुनै समस्या भएमा चिकित्सकलाईसम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार