मनोपरामर्शले कोरोना पीडित ब्यक्ति र परिवारलाई ओखती

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १० गते सोमवार


सुशील बस्नेत
दाङ :  कोरोना पीडित ब्यक्ति र परिवारलाई मनोपरामर्शले ओखतीको काम गर्ने स्वास्थ्यकर्मीहरुले दावी गरेका छन । स्वास्थ्यकर्मी र मनोपरामर्श समूह बीच सोमबार तुलसीपुरमा भएको भर्चुअल बैठकमा स्वास्थ्यकर्मीहरुले भने अक्सीजनको मात्रा कम भएका कोरोना पीडित ब्यक्तिलाई अक्सीजनको जति महत्व हुन्छ । त्यत्तिकै मात्रामा कोरोना पीडित ब्यक्ति र परिवारलाई मनोबिमर्शको आबश्यकता हुन्छ । कोरोना संक्रमण भएको जानकारी सम्बन्धित ब्यक्ति र परिवारले पाएको बखतदेखि झण्डै एक साता सम्म मनोपरामर्शले ओखतीको रुपमा काम गर्ने दावि स्वास्थ्यकर्मी यज्ञ केसीको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ४ सय ३ जनालाई फोन र भेटघाट मार्फत गरिएको मनोपरामर्शको अनुभव आफु रहेको उनले बताए । उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का बसन्त वली,वडा नम्वर ७ का डम्वरबहादुर बिष्ट,वडा नम्वर १५ का प्रेम वली,वडा नम्वर १४ का यज्ञ केसी,वडा नम्वर १५ का पूर्णबहादुर घर्ती,वडा नम्वर १८ डिल्लीराज शर्मा,वडा नम्वर १९ शिव तिवारी,वडा नम्वर ४ दिपा वली,वडा नम्वर १६ का प्रतिमा बस्नेत लगायतले मनोपरामर्श र सचेतनाको आबश्यक्ता रहेको बताएका थिए । मनोपरामर्श समूहका संयोजक,संबाद समूहका बरिष्ठ सहजकर्ता एंव पत्रकार सुशील बस्नेतले मनोपरामर्श समूहले बैशाख २९ गतेदेखि शुरु गरेको कार्य र कार्यबिधिका बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा तालिम प्राप्त मनोबिमर्शकर्ता नरबहादुर चौधरी र समूहका सदस्य टोपबहादुर महतराले आ आफुनो अनुभव सुनाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार