तिलक डाँगी
दाङ : सामाजिक कार्यमा सक्रिय रुपमा काम गर्दै आइरहेको दारी ग्याङ दाङले लकडाउनको समयमा पनि सक्रिय रुपमा सामाजिक काम गर्दै आइरहेको छ । ग्याङले अहिले फुड बैंक अभियान शुरु गरेका छन् । उनीहरुले लकडाउनका कारण खान समस्या भएका परिवारहरुलाई सहयोग गर्दै आइरहेको ग्याङका जिल्ला सल्लाहकार अमर रिजाल(बिमल)ले जानकारी दिए । उनका अनुसार तुलसीपुर ८ अश्वाराका अतिविपन्न २ घर परिवार, तुल्सिपुर ७ मा एक घरपरिवालाई खाद्यान्न सहयोग गरिएको छ । त्यस्तै घोराही २ रामपुर निवासी एक घर परिवारलाई घरमै पुगेर चामल,नुन तेल आदि सामान प्रदान गरेको उनले जानकारी दिए ।
त्यस्तै तुलसीपुर ३ मा ३ जनाको परिवार, तुलसीपुर १६ निवासी २ जना जेष्ठ नागरिक आमा बुवालाई खाद्यान्न सहयोग गरिएको रिजालले जानकारी दिए । त्यस्तै ग्याङले लकडाउनले गर्दा तुलसीपुर सडकमा छाडा छाडिएका चौपाय तथा कुकुरहरु खाना नपाएर मर्न लागेको अवस्था आएपछि खान खुवाउने अभियान शुरु गरेका जिल्ला संयोजक सन्तोष भण्डारी (चरी)ले जानकारी दिए । यो अभियान एक हप्ता सम्म चलाउने र तुलसीपुरका प्रत्येक गल्लीगल्लीमा पुगेर खाना खुवाउने उनले जानकारी दिए । ‘अहिले लकडाउनले गर्दा सबै बन्द छन् । जसले गर्दा अति विपन्न परिवार देखि बजारका छाडा चौपाय तथा कुकुरहरुले खाना खान नपाइ मर्ने अवस्था भएकाले हामीले यो अभियान शुरु गरेका हौँ ।’