दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी समाजसेवी टोप बहादुर महताराले तुलसीपुर उपमहानगरपालिकालाई २० हजार सहयोग गरेका छन् । उपमहानगरले संचालन गरेको तुलसीपुर ८ अश्वारामा रहेको (तुलसीपुर मेट्रो अस्पताल) अन्तर्गत आइसोलेशनका लागि २० हजार सहयोग गरेका हुन् । शनिवार समाजसेवी महताराले कोरोना अस्पतालमा पुगि उपमहानगरका मेयर घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले यस्तो कोरोना महामारीमा आफुले दिएको सानो सहयोगबाट अस्पताल ब्यवस्थापनको लागि थोरै सहज पुग्ने विश्वास लिएको बताए । उनले यस्तो महामारीमा सबैले एक आपसमा सहयोग र साथ दिनु पर्ने समेत बताए । विभिन्न सामाजिक कार्यमा सक्रिय महताराले बन्दाबन्दीको कारणले आफ्नो घरको एक महिनाको करिब १७ हजार भाडा समेत नलिने घोषणा गरेका छन् ।