“मेरो आइसोलेशनमा, मेरो अक्सिजनका लागि, मेरो एक हजार’’ अभियानमा सहयोग जुट्दै

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ७ गते शुक्रवार


दाङ : दंगीशरण गाउँपालिका स्तरीय युवा संजालले “मेरो आइसोलेशनमा, मेरो अक्सिजनका लागि, मेरो एक हजार’’ अभियानमा देश तथा विदेशमा रहेका विभिन्न ब्यक्तिहरुले सहयोग गर्न थालेका छन् । जेठ ५ गतेदेखि ७ गते सम्म गाउँपालिकाका नागरिक तर देश तथा विदेशमा बस्ने ब्यक्तिहरुले सहयोग गरेको अभियानका संयोजक चक्र मिलन विकले जानकारी दिए । जेठ ५ गते विभिन्न ब्यक्तिहरुबाट ७ हजार २६, ६ गते १८ हजार ७९६ र ७ गते ३९ हजार ४९२ सहयोग संकलन भएको उनले बताए । त्यस्तै अभियानलाई सफल बनाउनको लागि दंगीशरण गाउँपालिका ४ निवासी हाल अमेरिका बस्दै आएका सन्तोष चौधरीले ३० हजार २०९.९९ पैसा सहयोग गरेको समेत विकले जानकारी दिए । कोभिड–१९ महामारीको यो संकटमा प्रदेशमा भएर पनि आफ्नो जन्मभूमिका मानिसहरुको जीवन रक्षाका लागि उक्त रकम चौधरी पठाएका हुन् ।

यस्तै आफुहरुको अभियानबाट दोस्रो चरणको कोरोना महामारीमा अक्सिजन नपाएर,बेडहरु नपाएर, घरमा वा अस्पतालमा छट्पटीएर बसेका विरामीहरु केही राहत पुगोस् भनेर शुरु गरेको अभियानका संयोजक विकले जानकारी दिए । यसैगरी आफुहरुको अभियानबाट सहयोग हुने रकमले गाउँपालिकामा आइसोलेशन बेडहरु बृद्धि गर्ने , आइसोलेशनमा बसेको कोरोनाका विरामीहरुका लागि अक्सिजन खरिद गर्ने र पोसिलो खाना, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु आदि खरिद गर्न योजना रहेको समेत अध्यक्ष विकले जानकारी दिए । उनले यस महानअभियानलाई सफल बनाउन ,सार्थकता बनाउन स्वदेश तथा विदेशमा रहनु भएका दाजुभाई तथा दिदीबहिनीहरुबाट आशा , भरोसा र विश्वास गरेका भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार