बाँकेमा थप १५ जना संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ७ गते शुक्रवार

बाँके : पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २-२ जना तथा बर्दिया, प्युठान र दाङका १-१ जना छन्। मृत्यु हुनेमा २५ वर्षदेखि ७१ वर्षसम्म उमेर समूहका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार  बिहीबार दिउँसोदेखि शुक्रबार बिहानसम्मको समय अवधिमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ७१ वर्षीय पुरुष, कालिमाटी २ सल्यानका ३४ वर्षीय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षीया महिला, खजुरा ७ बाँकेका ४८ वर्षीय पुरुष, लम्कीचुहा ३ कैलालीका ६७ वर्षीय पुरुष, खजुरा ३ बाँकेका ६७ वर्षीय पुरुष र कपुरकोट ४ सल्यानका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी ५ प्युठानका ४० वर्षीय पुरुष, घोराही ५ दाङकी ३५ वर्षीया महिला, घोडाघोडी १० कैलालीकी ४० वर्षीया महिला, गुलरिया ६ बर्दियाकी ५५ वर्षीया महिला, राप्तीसोनारी ३ बाँकेका ३३ वर्षीय पुरुष, राप्तीसोनारी ८ बाँकेकी ५५ वर्षीया महिला, बैजनाथ ६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ ४ बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार