शान्तिनगरमा बुधबार १७ जना डिस्चार्ज, २ जना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ५ गते बुधवार

दाङ :  शान्तिनगर गाउँपालिका बुधबार १७ जना कोरोना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्,भने थप २ जना नयाँ संक्रमित थपिएका छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनका अनुसार थप १७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् । त्यस्तै २ जनाको पिसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले जानकारी दिए । हाल गाउँपालिकामा ४२ जना सक्रिय संक्रमितहरु रहेका छन् । ति मध्ये ५ जना गाउँपालिकाले संचालन गरेको आइसोलेशन सेन्टरमा रहेको पुनले जानकारी दिए । त्यस्तै गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सकसंग सम्पर्क गर्न समेत संयोजक पुनले अनुरोध गरेका छन् । साथै गाउँपलिकामा एन्टिजेन किटको अभाब भएकोले हाललाई कोरोना रोग पहिचान लागि गरिने एन्टिजेन टेस्ट बन्द गरिएको र स्वास्थ्य कार्यालय दाङबाट एन्टिजेन कीट उपलब्ध हुनासाथ उक्त सेवा सुचारू गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार