यसरी फक्रिदै छन्, रातकी रानी नामले ड्रागन फ्रुट (फोटो फिचर)

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ३ गते सोमवार

दाङ : राजनीतिबाट पूर्ण विराम लिएका दुई पटक मन्त्री भइसकेका लोकेन्द्र विष्ट मगरको संचालन गरेको ड्रागन फ्रुट फर्ममा रातकी रानी नामले ड्रागन फ्रुट फुल्न र फक्रन शुरु गरेका छन् । विष्ट मगरले थुप्रै प्रतिकुलताका बाबजुद ड्रागन फ्रुट रातकी रानी फक्रिन थालेको जनाएका छन् । यो फ्रुट जेठ महिना देखि कार्तिक महिना सम्म फल्ने र रातको समयले फुल्ने गर्दछ । पछिल्लो समय राजनीतिलाई छाडेर व्यवसायिक कृषि पेसामा लागेको छन् । ड्रागन रोपेको विरुवाहरु चार वर्षदेखि २०–२५ वर्षसम्म फल दिने गर्दछ । एक बिरुवाले एक सिजनमा ४० किलो भन्दा बढि फल दिन्छ । जिल्लामा पहिलो पटक विष्ट मगरले तुलसीपुर १८ मैरवामा ६४ कठ्ठा जमिन भाडामा लिएर ड्रागन फ्रुट खेती गरेका थिए । एउटा विरुवाले १ वर्षमा ५ पटकसम्म फल दिने गर्दछ । उनको फर्ममा ७ हजार बढि ड्रागन फ्रुट विरुवाहरु रहेका छन् ।

फोटो : लोकेन्द्र विष्ट मगरको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार