नेपालमा ८,१६७ संक्रमित थपिए, ५,४५५ जना संक्रमणमुक्त भए

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १ गते शनिवार

 

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ। मन्त्रालयका अनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा कोरोनाले १ सय ८७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। १ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा छन्। गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार