कोरोना अस्पताल बेलझुण्डीबाट थप ४ जना डिस्चार्ज, थप २ को मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १ गते शनिवार

दाङ  :  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ४ का ७० वर्षीय पुरुष र घोराही उपमहानगरपालिका १४ का ७४ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ । पुरुषको मध्यान्न १२ : ५ बजे र महिलाको दिउँसो ३ : ५ मा मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । घोराहीका पुरुष गत बैशाख २१ गते एचडीयूमा र दंगीशरणकी महिला गत बैशाख २४ गते आइसियूमा भर्ना भएका थिए । उनीहरु दुबै जनालाई निमोनिया, श्वास–प्रश्वाससंगै कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । त्यस्ते शनिवार अस्पतालबाट थप ४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । तुलसीपुरका ३ जना र घोराहीका १ जनाले कोरोना जितेको अस्पतालका ब्यवस्थापक वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार