पत्रकार बस्नेतको उपचारका लागि महासंघ दाङद्वारा १५ हजार सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १ गते शनिवार

दाङ : नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचाररत साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत पत्रकार लक्षमन बस्नेतको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।बस्नेतलाई नेपाल पत्रकार महासंघ दाङको पत्रकार सहायता कोषबाट रु. १५ हजार रुपैया सहयोग गरेको महासंघका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । पत्रकार वस्नेतको उपचारमा अझै समस्या भएकाले महासंघले सम्पूर्ण सञ्चार, सस्था पत्रकार लगाएत अन्य सहयोगीहरुलाई आर्थिक सहयोग गरिदिन महासंघले आग्रह गरेको सचिव आरके शितलले जानकारी दिए । साथै महासघ दाङले सहयोग रकम रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेम बहादुर राम्जाको नाममा रहेको नेपाल बंगलादेश बैंक लिमिटेड हापुरे शाखाको खाता नम्मर ०६४००२१५२   मा जम्मा गरिदिनु हुन अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार