तुलसीपुरमा बैशाख महिनामा २२३२ जनामा कोरोना पुष्टि, ६२४ डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १ गते शनिवार


दाङ : तुलसीपुरमा बैशाख महिना सम्म २ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४७ जना महिला र १२८५ जना पुरुष गरि २ हजार २३२ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । त्यस्तै संक्रमित मध्ये ६२४ जना ( २५४ महिला र ३७० पुरुष) निको भएको समेत उनले जानकारी दिए । यसैगरी अहिले उपमहानगरमा १५६७ जना (६७८ महिला र ८८९ पुरुष) सक्रिय संक्रमितहरु रहेको उनको भनाइ छ । उपमहानगरमा एक महिनाको अवधिमा कोरोना संक्रमणबाट १५ जना महिला र २६ जना पुरुष गरि ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपमहानगरमा २७ जना महिला र ३३ जना पुरुष गरि ६० जना नयाँ संक्रमित थपिएको फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै शुक्रबार तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा २२ जना भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार