समाजसेवी महताराद्धारा उपमहानगरलाई आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ३० गते बिहिवार

दाङ : विभिन्न सामाजिक कार्यमा सक्रिय रुपमा लाग्दै आएका तुलसीपुर उपमहानगरपालिका ६ निवासी टोप बहादुर महतारा र गिता महताराले तुलसीपुर उपमहानगरलाई आर्थिक सहयोग गरेका छन् । उपमहानगरपालिकाले तुलसीपुर ८ अश्वारामा संचालन गरेको आइसोलेशनमा आवश्यक पर्ने सामाग्रीहरु खरिदको लागि गिताले १५ हजार सहयोग गरेकी छन् । अयालोन दमारगाउँ चर्च की कोषाध्यक्ष समेत रहेकी महताराले उपमहानगरका मेयर घनश्याम पाण्डेलाई बिहीवार १५ हजारको चेक हस्तान्तरण गरेकी हुन् । यस्तो कोरोना महामारीको समयमा आफ्नो सानो सहयोगबाट कसैको जीवन बच्न सक्छ भनेर नै आफुले सहयोग गरेको उनले बताइन् । यो महामारीमा राज्य मात्र नभइ नागरिकहरु पनि एक भएर लाग्नु पर्ने र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न समेत उनले आग्रह गरिन् । महतारा दम्पतीले विगत लामो समय देखि विभिन्न ब्यक्ति तथा बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार