दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ । ५ मिनेटको फरकमा मात्रै ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण गाउँपालिकाका १ जना रहेको अस्पतालले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ५२ वर्षीय पुरुषको सोमवार साँझ ८ : ४५ बजे, वडा नंं. ६ का ७६ वर्षीय पुरुषको राती १० बजे मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । त्यस्तै तुलसीपुर १७ की ५० वर्षीया महिलाको मंगलवार विहान ६ : ४५ बजे, वडा नं. १२ का २७ वर्षीया पुरुषको मध्यान्न १२ : ३० बजे, वडा नं. ४ की ७० वर्षीया महिलाको दिउँसो २ बजे मृत्यु भएको उनले जानकारी दिए । यसैगरी घोराही उपमहानगरपालिका १३ का ४४ वर्षीय पुरुषको मंगलवार मध्यान्न १२ : ३५ बजे, गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष विहान ८ : २०बजे र दंगीशरण गाउँपालिका ३ का ३१ वर्षीय पुरुष मध्यान्न १२ : २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।