फाइल तस्बिर
दाङ : किवानिस क्लब अफ राप्ती नेपाल तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन खरिदको लागि आर्थिक सहयोग गरेको छ । क्लबका पधाधिकारी तथा सदस्यहरुद्धारा गरिएको ४३ हजार ५ सय रुपैयाँ सोमवार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्तान्त्ररण गरिएको क्लबका अध्यक्ष विमल पोख्रले (जेठु)ले जानकारी दिए । दोस्रो चरणको कोराना महामारी बढेसंगै तुलसीपुर क्षेत्रमा पनि अक्सिजन अभाव भएकाले कोरोनाका विरामीहरुलाई अक्सिजन सहज गराउनको लागि आफुहरुले आर्थिक सहयोग गरेको उनले बताए । क्लबका अध्यक्ष पोख्रेलले ५ हजार, उपाध्यक्ष हेमन्द प्रकाश वली ५ हजार, संरक्षक जागेश्वर वली ५ हजार, सचिव गिता विक एक हजार, कोषाध्यक्ष नारायण विक ५ हजार, सह– कोषाध्यक्ष गोबर्धन रिजालले ५ हजार सहयोग गरेका छन् । त्यस्तै क्बलका कार्यक्रम संयोजक नरेन्द्र वलीले ५ हजार, सदस्यहरु रुद्रमणी लम्सालले ५ हजार , यमकान्त भण्डारीले २ हजार , प्रकाश सेर्पाइलीले १५ सय , सुस्मा लामिछाने (गिरी)ले ३ हजार र निर्मल नेपालीले १ हजार सहयोग गरेका हुन् । क्लब स्थापना भएपछि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।