प्रधानमन्त्रीको आह्वान, ‘केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २७ गते सोमवार

काठमाडौं  :  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै हतारोमा कुनै निर्णय नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत यास्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । उनले सांसदहरुलाई हतारमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले सांसदहरुलाई केही समस्या भए सँगै बसेर छलफल गरेर समस्या समाधान गर्न आह्वान गरेका छन् ।उनले लेखेका छन् –‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ । तसर्थ, हतारामा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार