तिलक डिसी
दाङ : तुलसीपुरका केही युवाहरुले कोरोना महामारीको बेला घर – घरमा औषिध पु¥याउने अभियान शुरु गरेका छन् । दारी ग्याङ दाङ र रुटीन अफ तुलसीपुर ब्याण्ड, दाङ पोष्ट आहा अभियान तुलसीपरका युवाहरुले यो अभियान शुरु गरेका हुन् । नियमित औषधि खाइरहेका विरामीहरुलाई लकडाउनको समयमा औषधि लिनलाई अस्पताल सम्म आउन समस्या हुने भएकाले घर घरमा औषधि पु¥याउने अभियान शुरु गरेको दारी ग्याङ दाङका संयोजक सन्तोस भण्डारी (चरी) ले बताए । तुलसीपुर क्षेत्र भित्रमा रहेका जेष्ठ नागरिक, अशक्त, अपांग जस्ता विरामीहरुलाई औषधि पु¥याउने समेत भण्डारीले बताए । उनले भने,‘ हामीले आफ्नो सम्पर्क नम्बर सामाजिक संजालमा दिएका छौँ । यदि कुनै पनि ब्यक्तिलाई औषधि आवश्यक भएमा हामीलाई फोन गर्न हुन्छ । उहाँहरुले भने अनुसारको औषधि लिएर घरमा जान्छौँ ।’ यस्तो कोरोना महामारी औषधि खान नपाएर कसैको पनि ज्यान जोखिममा नरहोस् भनेर आफुहरुले यो अभियान शुरु गरेको अभियानका संयोजक निरज बश्यालले बताए । । साथै, यदि कुनै पनि ब्यक्तिलाई औषधि आवश्यक भएमा निरज बश्याल ९८६२४१५२५७, तुफान वली ९८०९८१७१३० र सन्तोष भण्डारी (चरी) ९८२२८३२७१७ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।