दाङ : शान्तिनगर गाउँपालिकामा शुक्रवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकामा गरिएको ७ जनाको एन्टिजेन परीक्षणबाट ६ जनामो र २ जनालाई स्वाब पीसीआर गर्दा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी पुनले जानकारी दिए । पालिकामा गरिएको परीक्षणमा ६ जना मध्य ३ जनालाई आइसोलेशनमा राखिएको समेत उनले बताए । उनीहरु अवस्था असामान्य भएपछि आइसोलेशनमा राखिएको र अन्य ३ जनालाई चिकित्सकको सम्पर्कमा रहन भन्दै होम आइसोलेशनमा बस्न पठाएको उनको भनाइ छ । त्यस्तै शुक्रवार थप ८ जना कोरोना जितेर डिस्चार्ज भएको उनले जानकारी दिए ।
हाल गाउँपालिकामा सक्रिय संक्रमित संख्या ६७ जना रहेको उनको भनाइ छ । त्यस्तै बैशाख एक गते देखि हाल सम्म २ जना कोरोना संक्रमणका कारण मृत्यु भएको संयोजक पुनले जानकारी दिए । त्यस्तै शुक्रवार ८ जनालाई धनौरी स्वास्थ्य चौकीमा रहेको आइसोलेशनमा भर्ना गरिएको छ । साथै गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सकृय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सकलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।