कोरोना संक्रमणबाट प्युठानकी एक महिलाको दाङमा मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २४ गते शुक्रवार


दाङ :  दाङमा प्युठानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका ३ की ३६ वर्षीया महिला रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ । उनको शुक्रवार विहान ११ ः ५० बजे मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । ति महिला यहि बैशाख १० गतेदेखि अस्पतालमा आइसियूमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमणसंगै निमोनिया पनि भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार