दाङ : शान्तिनगर गाउँपालिकामा बिहीवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक हरी पुनका अनुसार पालिकामा गरिएको एन्टिजेन बिधिबाट १९ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो । साथै सबैको अबस्था सामान्य रहेकोले सबैलाई चिकित्सकको सम्पर्कमा रहिरहन भन्दै होम आईसोलेशनमा पठाइएको उनले बताए । त्यस्तै बिहीवार थप ३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्, भने अहिले गाउँपालिकामा सक्रिय संक्रमित संख्या ६५ जना रहेको छ । संयोजक पुनका अनुसार आइसोलेशनमा ६ जना भर्ना भएका छन् ,भने कोरोना संक्रमणबाट बिहीवार थप १ जनाको मृतयु भएको छ । साथै गाउँपलिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूलाई कुनै समस्या भएमा चिकित्सकसंग सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।