घोराही ३ झिङनीमा रहेको अक्सिजन उद्योगमा भोली नै विद्युत जोडिने

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २१ गते मङ्गलवार


दाङ : घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेको अक्सिजन उद्योगमा चौविसै घण्टा विद्युत आपूर्तीका लागि तत्कालै छुट्टै लाईन जोडिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बायु प्राण अर्थात अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत चौविसै घण्टा रहने गरि छुट्टै लाईन जोडिने भएको हो । घोराही उपमहानगरपालिकामा प्रमुख नरुलाल चौधरीको समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेल सहितको मंगलवार घोराही उपमहानगरपालिकाको कार्यालयका बसेको बैठकले दाङ अक्सिजन उद्योग प्रालीमा तत्काल छुट्टै फिडरको लाईन जोड्ने निर्णय भएको हो । सम्भब भए सम्म भोली नै लाईन जोडिने छ । यो अबस्थामा सिस्टम गए मात्रै आधा घण्टा जति डिष्टब हुने र अरु समयमा लाईन अटुट हुने छ । यसो भयो भने दैनिक उद्योगले एक सय ५० वटा सिलिण्डर अक्सिजन भर्ने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार