दाङ : दाङमा पछिल्लो ३ दिनमा ३ जना शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर, दाङमा कार्यरत ५३ शिक्षक बर्षीय शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको विद्यालयले जनाएको । उनको मंगलवार विहान मृत्यु भएको र पेशाप्रति इमान्दार, लगनशील , कर्तव्यनिष्ठ, सरल स्वभाव शिक्षकलाई गुमाउनु पर्दा विद्यालयलाई अपुरणीय क्षति भएको विद्यालयका प्रधानाध्यापक जीत बहादुर थापा जानकारी दिए । त्यस्तै, कोरोनाका कारण बबई गाउँपालिका ६ स्थित मोर्डन दिग्दर्शन बोर्डिङ्ग स्कुल पञ्चकुलेका प्रिन्सिपल तथा बबई गाउँ शिक्षा समितिका सदस्यको सोमवार मृत्यु भएको हो । उनलाई नेपालगंज उपचार गर्न लैजाने क्रममा बाटो मै मृत्यु भएको बबई गाउँपालिकाका स्वास्थ्य संयोजक हेमराज वलीले जानकारी दिए । त्यस्तै शान्तिनगर गाउँपालिका ५ बाघढोइ निवासी ५० बर्षीय शिक्षकको काठमाडौँमा उपचारको क्रममा आइतवार राती मृत्यु भएको हो । उनी स्थानिय नीजि विद्यालयका शिक्षक हुन् ।
उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप उपचारको लागि काठमाडौं लगिएको थियो । त्यस्तै जिल्लामा बैशाख १ गतेदेखि सोमवार सम्म संक्रमितको संख्या १ हजार ७३७ पुगेको छ, भने हाल सम्म २३७ जना कोरोना मुक्त भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ । अहिले सक्रिय संक्रमित १ हजार ५०२ जना रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा सोमवार सम्म कोरोना संक्रमणबाट ८७ जनाको मृत्यु भएको छ । जिल्लामा सबै भन्दा बढि तुलसीपुर उपमहानगरपालिकामा सक्रिय संक्रमितहरु रहेका छन् । उपमहानगरमा सोमवार सम्म सक्रिय १ हजार ३३ जना रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । त्यस्तै, उनका अनुसार सोमवार सम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।