दाङ : तुलसीपुरमा सोमवार ५१ जना कोरोना संक्रमित थपिएका छन्, भने २७ जना कोरोना मुक्त भएका छन् । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार १६ जना महिला र ३५ जना पुरुष गरी ५१ जना संक्रमित थपिएका हुन् । त्यस्तै कोरोना संक्रमण मुक्त हुनेमा ७ जना महिला र २० जना पुरुष गरी २७ जना रहेको उनले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकामा हाल सम्म ३९ जनाको ( १२ महिला र २७ पुरुष) कोरोना संक्रमणबाट मृत्यु भएको छ । केसीका अनुसार अहिले उपमहानगरमा सक्रिय संक्रमितको संख्या एक हजार ३३ पुगेको छ । ति मध्य ४४२ जना महिला र ५९१ जना पुरुष रहेका छन् । संक्रमित मध्य ८३३ जना ( ३५१ जना महिला र ४८२ जना पुरुष ) लाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै, आरटी, एन्टिजेनबाट २ सय जनामा पुष्टि भएको र ९१ जना महिला र १०९ जना पुरुषहरु रहेको उनले जानकारी दिए । हाल सम्म उपमहहानगरमा कोरोना संक्रमितको संख्या १ हजार ९९१ पुगेको ( ७७५१ महिला र १२४० पुरुष) र ति मध्य ९३९जना (२९२ महिला र ६४७ पुरुष ) निको भएको समेत उनले जानकारी दिए ।